News Griha :: न्यूजगृह
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं— संवैधानिक परिषद् बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै छ ।

प्रधानन्यायाशीध तथा रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

 प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको साउन २० गतेदेखि पदावधि सकिँदै छ । तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन ।

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ । उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् ।

यसअघि मंगलबार पनि परिषद् बैठक बसेको थियो । प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा थप गृहकार्य गर्ने भन्दै आजका लागि बैठक सारिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:०३
Weather Update