News Griha :: न्यूजगृह
शिक्षा विधेयकमा माग नसमेटिएको भन्दै शिक्षकहरू आन्दोलित

काठमाडौं— संघीय शिक्षा विधेयकमा विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनका लागि तयारी रहन मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।

नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बुधबार काठमाडौंमा बसेको बैठकले साे  निर्देशन दिएको हो ।

केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकपछि जारी सर्कुलरमा संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूसँग सरकारले गरेका सम्झौताका बुँदा नसमेटिएकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिइएको छ ।

‘विधेयकको मस्यौदामा हाम्रो माग र विभिन्न समयमा भएका सम्झौता र सहमतिविपरीत हाम्रो पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको देखिएकाले सबै परिस्थतिको आकलन गरी सशक्त सडक आन्दोलन गर्ने भएका छौँ,’ सर्कुलरमा भनिएको छ ।

rahat1691026890.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:२६
Weather Update