पार्टी बैठक
माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै,सदस्यहरूले बोल्ने

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार पनि बस्दैछ । बुधबारदेखि काठमाडौंमा सुरु भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ ।
बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि बुधबार १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
बिहीबार पनि सोही प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा पार्टी पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।
अध्यक्ष प्रचण्डले पार्टी पार्टीजस्तो नभएकोमा बैठकमा चिन्ता व्यक्त गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० ०६:१७













