News Griha :: न्यूजगृह
अध्यक्ष प्रचण्डको प्रस्तावमाथि १८ नेताले राखे धारणा

काठमाडौं— नेकपा (माओवादी केन्द्र) को बुधबारदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संक्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् ।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।

पार्टीलाई नयाँ जीवन दिने, संगठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:५२
Weather Update