विद्यालय कर्मचारी परिषद् संयुक्त बैठकले गर्यो यस्ता निर्णयहरू [तस्बिरहरू पनि]
![विद्यालय कर्मचारी परिषद् संयुक्त बैठकले गर्यो यस्ता निर्णयहरू [तस्बिरहरू पनि]](https://newsgriha.com/uploads/posts/karmachari1690985932.jpg)
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको संयुक्त बैठक बुधबार ललितपुरमा बसेको छ ।
बैठक नेपाल विद्यालय कर्मचारी परिषद्ले आयोजना गरेको हो । बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले गत असारमा भएको आन्दोलनको समीक्षा गरेको विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।
प्रतिवेदनमाथि उठेका प्रश्नचिह्नहरूमा सघन छलफल भएको पनि महासचिव योगीले जानकारी दिए ।
त्यसैगरी जिल्ला भेला तथा बैठकमा उपस्थित नहुने जिल्ला अध्यक्षहरूलाई स्पष्टीकरण माग गर्ने बैठकले निर्णय गरेको छ ।
विद्यालय कर्मचारी जागरण २०८० सुरु भएको पनि महासचिव योगीले जनाए । बैठकले विद्यालय कर्मचारीको आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
हेरौं बैठकका तस्बिरहरू
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० २०:००