News Griha :: न्यूजगृह
कांग्रेस र नाउपाका नेता मन्त्रीमा नियुक्ति भएसँगै सुदूरपश्चिम सरकारले पायो पूर्णता

काठमाडौं— सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेता मन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो ।

कांग्रेसका नेता शिवराज भट्ट आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन् ।

बुधबार प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीद्वयलाई शपथ खुवाएका हुन् भने मुख्यमन्त्री कमलबहादुर शाहले राज्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराएका हुन् ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:३४
Weather Update