News Griha :: न्यूजगृह
माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिन पाँच एजेण्डामा छलफल

काठमाडौं— काठमाडौंमा सुरु भएको माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल भएको र १८ जनाले धारणा राखेका छन् ।

‘पाँच वटा एजेण्डामा छलफल भयो । पहिलो एजेण्डा अध्यक्षले अध्यक्षता गर्नुभयो त्यसपछि श्रद्धाञ्जली सुरु भयो । त्यसपछि महासचिवले एजेण्डा प्रस्तुत गर्नुभयो त्यो पास भयो । अध्यक्षले संक्षिप्तमा प्रतिवेदन पेस गर्नुभयो । त्योसँगै केही विधान संशोधन गर्नपर्ने भयो,’उनले भने,‘केन्द्रीय कमिटिमा समावेशी अनुरुपको केन्द्रीय कमिटी बनाउन र केही छुट्न गएकोमा पेस भएको प्रतिवेदनमा छलफल सुरु भयो । छलफलमा आज १८ जना कमरेडले बोल्नुभयो । बाँकी भोलि सुरु हुन्छ ।’

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:२६
Weather Update