News Griha :: न्यूजगृह
कोशीमा तीन मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार विस्तार गरेका छन् ।  दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले बुधबार पहिलो चरणमा तीन जनालाई मन्त्री बनाएका छन् ।

माओवादी केन्द्रका निर्वतमान सभामुख बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन् । 

मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख छाडेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै एकीकृत समाजवादीका जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउँदा सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन् ।

जबेगु र सुनुवार दुवैलाई थापाले असार २१ गते पनि मन्त्री बनाएका थिए । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:४६
Weather Update