News Griha :: न्यूजगृह
संसदीय समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ

काठमाडौं— संसदीय सुनुवाइ समितिले तीन देशका राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ ।

समितिको बुधबार बसेको बैठकले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाइ गरेको हो ।

त्यस्तै स्वीट्जरल्याण्डका लागि आवासिय राजदूतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासिय राजदूत सुधीर भट्टराईको पनि सुनुवाइ गरेको छ ।

प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाएमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:१८
Weather Update