एसईईमा सबैभन्दा धेरै परीक्षार्थी बागमतीमा

काठमाडौं— आजदेखि सुरु भएको एसईई परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बागमती प्रदेशबाट छन् ।
सबैभन्दा बढी परीक्षा केन्द्र बाग्मती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।
सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ०७:०३













