News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनसमेत लिएसँगै थापा मुख्यमन्त्री भएका थिए । 

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त हुँदा थापाले सभामुखको समेत समर्थन लिएका थिए । सभामुखसमेतको समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:५४
Weather Update