News Griha :: न्यूजगृह
तनाव बढाउने कान नगर्न रुसी राष्ट्रपतिलाई टर्कीका समकक्षीको आग्रह

काठमाडौं— टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने  कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्कीका राष्ट्रपतिले तनाव बढाउने गतिविधि नगर्न पुटिनलाई टेलिफोन गरेर आह्वान गरेका हुन् ।

अनाज आपूर्ति हुने युक्रेनी बन्दरगाह तथा अन्य केन्द्रमा मस्कोले आक्रमण गरेर भौतिक संरचनामा क्षति भएपछि राष्ट्रपति एर्डोगानले खाद्यान्न आपूर्तिको सम्झौता शान्तिको सेतु भएको उल्लेख गरे ।

यस क्रममा उनले उक्त सम्झौताको पालनमा जोड दिएको टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएको छ । टर्की र संयुक्त राष्ट्र संघको मध्यस्थतामा युक्रेनलाई आफ्नो ब्ल्याक सी बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने अनुमति दिएको थियो ।

तर, मस्कोले गत महिना त्यो समाप्त भएको घोषणा गरेको थियो । हिजोदेखि बन्दरगाहका भौतिक संरचनामा आक्रमण थालेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:३९
Weather Update