केपी ओलीको दाबी : सरकारले सभामुखलाई दबाब दिएर सदन रोक्न लगाए

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले सभामुखलाई दबाब दिएर सदन रोकेको आरोप लगाएका छन् ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा ओलीले आफूहरूले सदन चलाउन पर्छ भनेको दाबी गरेको बताए । उनले सुन प्रकरणबारे आवाज उठाउँछन् भनेर सरकारले सभामुखलाई दबाब दिएर सूचना टाँस्न लगाउँदै सदन रोकिएको बताए ।
‘सुन प्रकरणको संसदमा आवाज उठ्छ भनेर संसद चल्न दिनुभएन किन भने सांसद बोल्छन् भनेर, हामीले संसद चलाऔँ भनेका छौँ,’ उनले भने, ‘सांसद बोल्छ जनताको आवाज उठाउँछ, सरकार जनतालाई बोल्न दिँदैन्, सभामुखलाई दबाब दिन्छ तपाई सूचना टाँसेर राक्नुहोस् भनेर ।’
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १७:३०













