News Griha :: न्यूजगृह
कस्तो रहला आज मौसम ? 

काठमाडौं— आज देशभरको मौसम सामान्यतया सफा रहेने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई मौसम सामान्यता सफा रहने छ ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०६:५२
Weather Update