News Griha :: न्यूजगृह
नयाँ संसद भवनको निर्माण प्रगतिप्रति सभामुखले जनाए असन्तुष्टि

काठमाडौं— सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवन निर्माणलाई थप तीव्रता दिनु पर्ने बताएका छन् । निर्माणाधिन संसदको भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाएका हुन् ।

‘निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिएको छु, भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको अवस्था छ,’ उनले भने, ‘हिउँदे अधिवेशन गर्ने गरी काम भइरहे पनि अझै थप तीव्रता दिनु पर्ने सुझाव दिएको छु, भवनको प्रगतिबारे नियमित जानकारी लिने क्रम निरन्तर रहने छ ।’

छलफलमा शहरी मन्त्रालयका सचिवलगायतका सरोकारवाला सरकारी अधिकारीहरू सहभागी थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:३८
Weather Update