News Griha :: न्यूजगृह
केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने निष्कर्ष निकाल्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको घोषणा गर्दै अध्यक्ष दाहालले बैठकले पार्टी र आन्दोलनलाई मात्र नभई सिङ्गो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका हुन् ।

उनले भने, ‘यो बैठकले पार्टी र आन्दोलनलाई मात्र होइन्, सिङ्गो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने छ ।’

अध्यक्ष दाहालले पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा धु्रवीकरणका नयाँ प्रकृयाहरू देखा परेको भन्दै उक्त बैठकबाट पूर्ण निर्माणको अभियान चलाउने बताए । 

उनले भने, ‘यो बैठकबाट पूर्ण निर्माणको अभियान चाल्नुपर्छ, पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रकृयाहरु देखा परेका छन् ।’

अध्यक्ष दाहालले आफूहरू एकताको नयाँ प्रकृयातिर जाँदै गरेको उल्लेख गर्दै अगाडि भने, ‘अहिले हामी एकताको नयाँ प्रकृयातिर जाँदै छौँ, हामी समाजवादका उद्देश्यका लागि जन समाजवादी मोर्चा निर्माणका लागि अगाडि बढ्दैछौं । विकास र राजनीतिको परिमार्जन समेत त्यसका आधारमा पार्टी एकतालाई अझ उचित गर्ने जर्मको गरेका छौँ ।’

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १३:५७
Weather Update