News Griha :: न्यूजगृह
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं— सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गर्दै बैठकको उद्घाटन गरेका थिए । उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्नु पर्ने बेला आएको बताए ।

बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले तयार पारेका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १३:४५
Weather Update