News Griha :: न्यूजगृह
आफूमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : रवि लामिछाने 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

सांसद निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ का मतदाताहरूसँग भेटघाट गर्दै सांसद लामिछानेले आफूमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताए । 

‘ममाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको छ, आफूले निर्वाचनमा बोलेका कुराहरूलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ,’ उनले भने । बुधबारबाट सांसद लामिछानेले औपचारिक रुपमा चितवन–२ का मतदाताहरूका लागि सचिवालय पनि स्थापनासमेत गरेका छन् ।

‘सुरुवाती केही दिनहरुमा आवश्यकता परेका केही व्यक्तिहरुको फोन उठाउन गाह्रो हुने अवस्था हुन सक्छ,’ उनले भने, ‘सुरुवातका केही समयहरू व्यवस्थित गर्न केही न केही तल माथि हुन्छ होला त्यसलाई अन्यथा नलिनुहोला ।’ उनले चितवन–२ प्रतिको आफ्नो दायित्व भने नभूल्ने बताए ।


 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १३:१६
Weather Update