सभामुखबाट राजीनामा दिएका गौतम कोशी प्रदेशको दोस्रो बरियताको मन्त्री बन्दै

काठमाडौं— कोशी प्रदेशको सरकार गठन हुने भएसँगै नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । उनले मंगलबार मात्रै सभामुख पदबाट राजीनामा दिएका थिए ।
कोशी प्रदेशको सरकार गठनमा बहुमत नपुगेपछि सत्ता गठबन्धनबाट सभामुख बनेका गौतमले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामासँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेकपा माओवादी कोशी प्रदेशले मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागेको हो ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १०:४५













