News Griha :: न्यूजगृह

काठमाडौं— केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट नेकपा माओवादी केन्द्र पछि हटेको छ । बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बस्दै छ । केन्द्रीय समितिमा सुरूमै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम कारबाही, पार्टीको स्थिति र अब के गर्ने भन्नेजस्ता विषयमा प्रतिवेदन पेश गर्ने भएका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री दाहालले बिफ्रिङ गरेपछि केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्न समय दिइने छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:३४
Weather Update