थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओस भिड्दै

काठमाडौं— प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस भिड्दैछन् । खेल शुक्रबार साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । दोस्रो स्थानमा रहेको लाओसले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ०६:२१