News Griha :: न्यूजगृह
डा.वाग्ले र खरेल रास्वपा उम्मेदवारको प्रारम्भिक सूचीमा 

काठमाडौं— आगामी नयाँ सालको वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उवनिर्वाचनमा उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

रास्वपा दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम बिहीबार सार्वजनिक गरिएको हो ।

केन्द्रीय निर्वाचन आयोग प्रमुख नारायण प्याकुरेलले प्रारम्भिक निर्वाचनमा सहभागी हुनेको नाम सार्वजनिक गरेका हुन् । सार्वजनिक नाम अनुसार चितवन-२ मा पार्टी सभापति रवि लामिछानेको नाम एकल सिफारिस छ ।

तनहुँ-१ मा डा.स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा.रुपक विक घिमिरेको नाम सार्वजनिक गरिएको छ । डा.वाग्लेले बिहीबार मात्र कांग्रेस परित्याग गरेका थिए ।

यस्तै बारा-२ बाट रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक मतदानका लागि सार्वजनिक गरिएको छ । 

rsp1680222534.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०६:१३
Weather Update