कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः थापा नियुक्त

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । सरकार गठन गरेको २२ दिनपछि उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको छ ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन जनाएका छन् ।
गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमले आजै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १७:२१