News Griha :: न्यूजगृह
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु 
फाइल तस्बिर

काठमाडौँ— आगामी शुक्रबारदेखि प्रधानन्यायाधीशको पद रिक्त हुने भएसँगै संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानन्यायाधीश सिफारिसका लागि परिषद्‍को बैठक सुरु भएको हो ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक आह्वान गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार १९ असारमा नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनु पर्ने थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी शुक्रबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउतलगायत रहेका छन् ।

प्रधानन्यायाधीश कार्कीपछि वरिष्ठतम न्यायाधीशका हैसियतले विश्वम्भर श्रेष्ठ कामु प्रधानन्यायाधीश हुने छन् । कार्कीको अवकाशपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:४२
Weather Update