News Griha :: न्यूजगृह
कमल थापाले भने : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छ

काठमाडौं— राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना हुने दाबी गरेका छन् । 

काठमाडौंमा राजावादीसम्बन्धी संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीचको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै उनले एकताले नेपालमा राष्ट्रवादी शक्ति निर्माणका लागि कोशेढुङ्गा सावित हुने जिकीर गरे ।

‘यो एकता केवल प्रारम्भ मात्रै हो, देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने,’ उनले भने, ‘यो प्रारम्भसँगै नेपालको राष्ट्रिय राजनीतिमा तरङ्गको सिर्जना हुनेछ भन्ने मैले ठानेको छु ।’

अब एकीकृत पार्टीको मान्यता राष्ट्रिय मान्यताको रुपमा स्थापित हुने उनले दाबी गरे । यी दुई पार्टीबीचको एकीकरणपछि कमल थापाकै नेतृत्वमा रहने पार्टीको नाम पनि राप्रपा नेपाल रहने छ ।
 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:१८
Weather Update