News Griha :: न्यूजगृह
हामी बन्नु पर्ने जति इमान्दार बनेका छैनौँ : अध्यक्ष नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश सफल बनाउन इमान्दारिता चाहिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै नेताहरू बन्नु पर्ने जति इमान्दार बन्न नसकेको दाबी गरे ।

अध्यक्ष नेपालले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताएका हुन् । उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताए ।

‘जे सुकै गर्नका लागि पहिलो कुरा इमान्दारिता हो, आफूप्रति इमान्दार हौँ, अल्छी मान्छेले केही गर्न सक्दैन, अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नु हुँदैन,’ उनले भने, ‘हामी सबै बन्नु पर्ने जति इमान्दार बनेका छैनौँ, हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौँ, हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौँ, देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौँ ।’

नेपालले संविधानमा अधिकारहरू थुप्रै दिए पनि लागू हुने कुरामा कमी देखिएको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:०४
Weather Update