संसद् सुचारु गर्ने विषयमा भएन सत्ता गठबन्धन र एमालेबीच सहमति, अर्को बैठक साउन २२ गते

काठमाडौं— सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद् सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजेका लागि तोकिएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी एक सातापछि सारिएको हो ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १५:०३