प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने एमालेको अडान कायमै

काठमाडौं— नेकपा एमालेले मंगलबार बस्ने प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ । एक क्विन्ट सुन तस्करमा प्रधानमन्त्री र मन्त्री नै संलग्न भएको बताउँदै बैठक अवरुद्ध गर्ने भएको हो ।
प्रतिनिधि सभाको बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा सरकार नै संलग्नता भएको हुन सक्ने आशंका रहेको भन्दै उच्च स्तरीय छानबिन समिति गठन माग गरेको हो ।
यसअघि पनि एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिछि गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १३:५३