राष्ट्रपति र नेपालका लागि यूएईका राजदूतबीच भेट
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेट गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरूले दुई देशबीच रहँदै आएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १३:२१













