News Griha :: न्यूजगृह
यी पद पाएपछि सुदूरपश्चिम सरकारमा जान उन्मुक्ति पार्टी तयार

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
 
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । 

‘आज बिहान प्रधानमन्त्रीसँग भएको छलफलमा हामीले एक मन्त्री र राज्यमन्त्री पाउने सहमति भएको छ, त्यस्तै दुई वटा संसदीय समितिको सभापति पाउने भन्ने सहमति भएको छ,’ उनले भनिन्, ‘त्यसैअुनसार हामी सरकारमा सहभागि हुन्छौँ ।’
 
उपसभामुखको कुरा पनि आएको छ नि ? भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यो पछिको कुरा हो, अहिले उपसभामुख हुनुहुन्छ, त्यो पछि पाउने भन्ने कुरा हो ।’
 
बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरूको नामावली टुंगो लगाउने उनले बताइन् ।
 
यसअघि साउन ८ गते नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर, मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी हुन सकेको थिएन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:३७
Weather Update