News Griha :: न्यूजगृह
रिहाइको माग गर्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू पुगे उच्च अदालत

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरू उच्च अदालत पाटन पुगेका छन् । आफूहरूलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उनीहरू उच्च अदालत पुगेका हुन् । 

उनीहरूले काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी सामान्य तारिखमा रिहा गर्नु पर्ने भन्दै उच्च अदालत पुगेका हुन् । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् ।

उच्च अदालत पाटनले खाण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ ।

कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश सुनाउने गर्दछ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:२१
Weather Update