News Griha :: न्यूजगृह
राजसंस्थाका पक्षधरसँग कमल थापाले गरे एकीकरण

काठमाडौं— पूर्व राजा ज्ञानेन्द शाहसँग असहमति राख्दै राजसंस्थाको सिद्धान्त त्यागेका राप्रपा नेपालका अध्यक्ष कमल थापा राजसंस्था पुनस्थापनका लागि आन्दोलन गर्ने निष्कर्षमा पुगेका छन् ।

राप्रपाका पूर्व नेता तारानाथ लुँइटेलको संयोजकत्वमा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीच एकीकरणको सहमतिसँगै थापाले राजसंस्था स्वीकारेका हुन् । 

मंगलबार औपचारिक कार्यक्रम गरी मोर्चा र राप्रपा नेपालबीच एकता घोषणा हुने संयोजक लुँइटेलले जानकारी दिए । उनले कमल थापा पनि राजसंस्थाको एजेण्डामा आएकाले एकीकरण गरेर आन्दोलनमा जान लागेको जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:११
Weather Update