सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाला सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर एक हजार ४७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० ११:५५













