News Griha :: न्यूजगृह
कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं— नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुंग्याएको हो ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यस्तै अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासन, एनपी साउद शहरी विकास, सीता गुरुङ भूमि ब्यवस्था, डिगबहादुर लिम्बू कानुन, प्रकाशशरण महत अर्थ र मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १९:५६
Weather Update