News Griha :: न्यूजगृह
देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिए : रवीन्द्र मिश्र

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिएको बताएका छन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरू राजनीतिको घेरामा आएको हुँदा वर्षेनी ७ लाख युवाहरू बाहिरिएको बताए । 

उनले भने, 'यो देश राष्ट्रको रुपमा अथवा राष्ट्र चलाउने राज्यको रुपमा क्षयीकृत भएर गयो । यो देशको राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, कर्मचारी संस्था, अख्तियार, प्रहरी, हुँदाहुँदा न्यायालय पनि सबै राजनीतिले गिजोलियो त्यसले गर्दा यो सम्पूर्ण राज्य कमजोर हुँदा एक वर्षमा ७ लाख युवाहरू बाहिर जाने गरेका छन् ।'   

उपाध्यक्ष मिश्रले दक्ष युवाहरू बाहिरिरहेको अवस्थामा पुरानो मतदान प्रवृत्तिले गर्दा भएको भन्दै युवाहरूले विवेकको प्रयोग गरेर मतदान गर्नुपर्ने बताए । भने, 'दक्ष नेपालीहरू बाहिरिरहेको छ, अनि देश कसले चलाउने, युवाहरूको लागि देश कसले बनाउने यो कुरा एकदमै महत्वपूर्ण छ र यो अहिलेका युवाहरूले नबुझेको जस्तो लाग्छ । बहकाएर र पुरानो तरिकाले भोट दिँदा राजनीतिमा इमान्दारिता, क्षमता र परिपक्वता हराएको छ । युवाहरूले विवेकको प्रयोग गरेर मतदान गर्नुपर्छ ।' 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:३४
Weather Update