प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते

काठमाडौं— शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ ।
शिक्षक सेवा आयोगले सोमबार सूचना प्रकाशित गरी लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले असोज १३ गतेलाई सारिएको जानकारी दिएको छ ।
परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन । आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १६:२८













