
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रतिवेदन खोजी भइरहेको जनाएका हुन् ।
तत्कालीन नेकपा नेतृत्वको सरकारको समयमा तयार भएको सो प्रतिवेदन सार्वजनिक भएको छैन । तत्कालीन पार्टीको बहुमत सदस्य सार्वजनिक गरी कार्यान्वयन गर्न तयार भए पनि तत्कालीन प्रधानमन्त्री तयार नभएको दाहालको भनाइ छ ।
आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भए पनि नभेटिएको बताउँदै दाहालले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि सो प्रतिवेदनबारे चासो राखेको बताए ।
पोखरेलले एकप्रति पनि नराखी बुझाएको जानकारी दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । शिक्षा क्षेत्रमा समाजवादको भ्रुण स्थापना गर्ने तयारीका साथ सरकारले केही महत्त्वपूर्ण काम अगाडि बढाउन लागेकोसमेत उनले जानकारी दिए ।













