आगामी तीन दिन कस्तो रहला यी नदीको जलसतह ?

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले केही ठूला नदीको जलसतह घटबढ हुने जनाएको छ ।
निरन्तर भारी वर्षाका कारण ती नदीहरूमा बाढीको सम्भावना रहेको महाशाखाले साेमबार जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको पूर्वानुमान सार्वजनिक गर्दै कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल रहने जनाएको छ ।
साथै जलसतह बढ्न सक्नेतर्फ सचेत गराउँदै महाशाखाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० ०८:४४













