News Griha :: न्यूजगृह
एक सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत तीन महिनाको अवधिमा एक सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ ।

उच्चशिक्षाका लागि नेपालबाट दैनिक करिब पाँच सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउनेक्रम देखिएको छ ।

मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त संख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रूपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाइएको हो ।

सो अवधिमा ३१ हजार एक सय चार नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:३०
Weather Update