News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेशका यी खोलाहरूमा बहाव बढ्ने

काठमाडौं— मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको जनाएको छ ।

सो क्षेत्र भई बहने कोठी, बाणगंगा, सुरईलगायत खोलाहरूमा बहाव बढ्ने महाशाखाले जनाएको छ ।

सो क्षेत्रको मौसमबारे जानकारी गराउँदै महाशाखाले तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

floodlumbini1690763494.png

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०६:१४
Weather Update