News Griha :: न्यूजगृह
नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

बैठक मंगलबार बस्नेगरी बोलाइएको हो । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । 

मंगलबार अपराह्न ४ बजे बस्ने बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डा छ । यसअघि शीर्ष तीन नेताबीच भएको भेटका क्रममा संवैधानिक परिषद् बैठक र संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपसभामुख इन्दिरा रानामगरलाई बोलाइएको छ । 

अहिलेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जादै छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:२५
Weather Update