News Griha :: न्यूजगृह
पाकिस्तानमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु

काठमाडौं— इस्लामिक राजनीतिक र्‍यालीमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा इस्लामवादी पार्टीले आयोजना गरेको र्‍यालीमा विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । २ सय जना घाइते छन् ।

जमियत उलेमा–ए–इस्लाम–फजलको बैठक बसिरहेको उत्तर–पश्चिमी बाजौर जिल्लामा बम विस्फोटमा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

बीबीसीको भनाइमा सुरक्षा अधिकारीहरूले यस क्षेत्रलाई घेराबन्दी गरेका छन् र मृतकको संख्या बढ्न सक्ने बताएका छन् । घाइतेहरुको उद्धार कार्य जारी रहेको र विस्फोटको कारण भने प्रहरीले पुष्टि गर्न नसकेको बीबीसीले उल्लेख गरेकाे छ ।घाइतेहरूलाई अस्पताल लगिएको छ ।

प्रशासनले जिल्ला अस्पतालमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । विष्फोटमा एक क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:५५
Weather Update