News Griha :: न्यूजगृह
झण्डै १६ सय अस्थायी र करार कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय

काठमाडौं— बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार ५९५ दरबन्दी स्वीकृत गरेको हो । बैठकले दुई कर्मचारीलाई ११ औँ तह (प्रदेश सचिव)मा बढुवा गर्नेसमेत निर्णय गरेको छ । 

स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए । यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:५८
Weather Update