News Griha :: न्यूजगृह
द्रुत गतिमा गुडेको बसका चालक निदाउँदा दुर्घटना
सांकेतिक तस्बिर

काठमाडौं— पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा दुर्घटना भएको छ । घटनामा पाँच जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । 

दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घटना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । 

दुर्घटनाबारे जानकारी पाउनासाथ प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् ।

तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो ।

दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशंका स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:०४
Weather Update