News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको दाबी : गठबन्धन टुटाउने प्रयास भइरहेको छ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भत्काउने प्रयास सुरु भएको दाबी गरेका छन् । सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेपछि गठबन्धन भत्काउन सुरु भएको बताएका हुन् ।
  
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार भ्रष्टाचार व्यथिति र विसंगतिविरुद्ध खरो उत्रिएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको दाबी गरेका हुन् ।

‘भ्रष्टचार र विसंगतिविरुद्ध लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनेपछि समाजवादी मोर्चाका नेताहरूका बीचमा पनि भ्रम सिर्जना गर्ने, उत्पन्न गर्ने अनेक खालको करसरत भइरहेका छन्,’ उनले भने, ‘तर, हामी ती सबै षड्यन्त्रलाई परास्त गर्दै अझै बलियो बन्दै अगाडि बढ्ने छौँ ।’
 
सरकार अहिले जनता, युवा र नेपाल राष्ट्रको पक्षमा लडाइँ लडिहरको उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:५०
Weather Update