News Griha :: न्यूजगृह
‘जनयुद्ध दिवस’ क्यालेण्डरबाट उडाइनेछ : केपी ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए ।

माओवादीले गरेको जनयुद्ध नभएर हिंसा भएको ओलीले बताए । उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए ।

‘महान् जनयुद्ध भनेर बिदा गर्ने, राष्ट्रको उत्सव हो भनेर सत्ताको दुरुपयोग गरेर उधुम मच्चाउने, सरकारमा मेरो पार्टी छदाँछँदै प्रचण्डले एकतर्फी रुपमा त्यो गर्नुभयो । मैले उहाँलाई आलोचना गरेँ । मैले त्यतिबेला पनि ठिक भनेको छैन । फागुन १ गते नेपाली जनताले हिंसा दिवसलाई कुन राष्ट्रिय उत्सव हो भनेर मनाउने ? अनि राष्ट्रिय उत्सव
भनेर बिदा दिएर अबदेखि वार्षिक क्यालेण्डरमा रहन्छ । त्यो क्यालेण्डरबाट उडाइनेछ । यस्तो कुराहरू । त्यो क्यालेण्डर स्यालेण्डरमा गरेर हुन्छ ? राष्ट्रिय उत्सव, राष्ट्रिय चाड, राष्ट्रिय पर्व हुन्छ ? हिंसा । यो वाहियात काम हो । शहिद घोषणा गर्ने ? कहाँ छानबिन गर्‍यो, को–को शहिद हो ? को–को होइन ?’ ओलीले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:१५
Weather Update