प्रधानमन्त्रीलाई भेट्न पुगे केपी ओली, संवैधानिक परिषद्को बैठकबारे असन्तुष्टि

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल गर्न तथा प्रधानन्यायाधीश सिफारिससहितका विषयमा छलफल गर्न दुई नेताबीच वार्ता भएको हो ।
भेटमा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअगाडि नै किन नबसेको भन्दै असन्तुष्टि जनाएका थिए । भेटमा संसद् अवरोध खुलाउने विषयमा पनि छलफल भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १३:००













