नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं— नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान पहिरो खस्दा पुनः यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।
पहिरो खसेसँगै उक्त सडक भएर गुड्ने सवारी साधन ठप्प हुँदा यात्रुहरू अलपत्र भएका छन् । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० ११:०१













