एक क्विन्टल सुन प्रकरण : थप एक जना पक्राउ

काठमाडौं— राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि एक जनालाई पक्राउ गरेको छ । विभागको टोलीले आइतबार बिहान ठमेलको भियना होटलमा छापा मारेर केही कागजात र सामग्रीसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा नेपाली मूलका बेल्जिनियम नागरिक रहेका छन् । हङकङबाट सुन ल्याएको एक क्विन्टल सुन व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको भन्दै उनलाई पक्राउ गरिएको हो ।
विभागको टोलीले गत २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास गरी बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।
सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दोलखाका दिलीप भुजेलसहित हालसम्म १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीहरूसमेत रहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १०:४७













