News Griha :: न्यूजगृह
बाढीपहिरोबाट यी राजमार्ग अवरुद्ध

काठमाडौं— बाढीपहिरोका कारण तीन वटा राष्ट्रिय राजमार्गका पाँच ठाउँमा अवरुद्ध भएको छ । २० स्थानमा सडक एकतर्फी बनाइएको सडक विभागले जानकारी दिएको छ ।

विभागकाअनुसार अहिले तमोर करीडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरुद्ध छ ।

कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको जोमसोम तानसेन–रिडी–कोरला खण्डको म्याग्दीका दुई स्थानमा अवरुद्ध छन् ।

डुम्रे–बेसीँशहर–चामे जोड्ने राजमार्ग लमजुङ र मनाङमा अवरुद्ध भएकाले आवतजावतमा समस्या भएको छ ।

मनसुन सुरु भएयता हालसम्म १८ वटा राजमार्गको १ सय ३३ स्थानमा अवरुद्ध भएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:२९
Weather Update